गजल
– विपिनचन्द्र बनेपाली
हाँसिरहेको छु म त रुन नसकेर ।
समयका डोबहरू धून नसकेर ।
आत्मीयता आज मेरो बन्धकमा पर्याे,
बैगुनलाई तिर्न मैले गुन नसकेर ।
संवेदना र चेतनाले दुःख धेरै दिए,
दुनियाँमा “आम” मान्छे हुन नसकेर ।
हिजोका ती मित्र आज वैरी हुन थाले,
चढाउन मैले आफ्नो खुन नसकेर ।
तलाउमा बिम्ब हेरीबसेको छ “विपिन”,
छुन उसले धमिलो त्यो जून नसकेर ।
००
