आकाशको क्षेत्रफल

अमृत

आकाश घैँटोमा देखिन्छ
आँखामा देखिन्छ
सागरमा देखिन्छ
भन
तिमी कुन आकाशको
आकार देख्न चाहन्छौ

आकाश त
घरका झ्यालहरूमा पनि भेटिन्छ
शीतका थोपाहरूतिर भेटिन्छ
जुठेल्नातिर भेटिन्छ
ऐनामा देखिन्छ
बग्दै गरेका नदीहरूतिर देखिन्छ

भन
म तिमीलाई कुन आकाश देखाऊँ

चाहन्छौ भने
तिमीलाई मनको आकाश दिनेछु
जहाँ जहिल्यै प्रेमको आश्चर्य देख्नेछौ ।
००

Leave a Reply