गजल
- मन्जु सिलवाल त्रिपाठी
हेर म तयार छु, तिम्रै खराउ बन्न।
के तिमी तयार छौ ? कोमल पाउ बन्न ?
नि:सन्देह फरिस्ता, बनी आउनु तिमी,
चुँडिदैछन् कोपिला, यहाँ बचाऊ बन्न ।
गरिबीको बस्तीमा, जातीय विज्ञप्ति,
टाँसिन्छ परकाष्टाको, जनाउ बन्न ।
हिजो न्यानो-मीठो, प्रेम बोकी आउने नै,
आएको हो आज, आँखाको तलाउ बन्न ।
पासो थाप्छ सिकारी, निर्दोष सिकारको,
मुटुमाझ बसेको छ, मुटुकै घाउ बन्न ।
