कागज

बाबुराम श्रेष्ठ ‘यात्री’

म एक सादा पाना हुँ
अक्षरहरू पोखिर’न्छ– ममाथि
फगत् साहु तमसुक लेख्छ
विद्यार्थी नोट बनाउँछ
शिक्षक बासी पुराण सार्छ
उजुरवाला उजुर लेख्छ
उनीहरू सबै खप्पर ओकलेर
नानाभाँती के–के लेख्छ
म पुरापुर भरिन्छु
बोकेर एउटा अभिशप्त जिन्दगी !

म निर्भिलाशी– निर्जन हुँ
यहाँ सबको मनोमानी चल्छ
जो च्यात्छन्, फाल्छन्
मन परे सुरक्षित सन्दुक र फाइलमा राख्छन्
बनाउँछ– जस्तो कि एउटा बन्दकी
बनाउँछ– जस्तो कि एउटा साक्षी
मन नपरे बदली दिन्छन् सबैसबै
तर, मेरो सत्यता
जले पनि आकार नबदल्ने
हुँ म एक– कागज ।
००

Leave a Reply