गजल
– सरला श्रेष्ठ
तिमीलाई दुखेको बेला पटकपटक म दुखेको छु ।
तिमी रोएको देख्दा धेरैपटक म आफैँ रोएको छु ।
आखिर खै गर्न पो के सकेँ र मैले चाहरे पनि तिम्रो लागि
जिन्दगीको बाटोमा एक्लो तिमीलाई हेर्दै लाचार म उभिएकी छु ।
न तिम्रो आँसु पुछ्न सकेँ न आफ्ना खुसीहरू नै बाँड्न सकेँ
देख्न नसकी तिम्रा पीडाहरू आफैँले पाइलाहरू मोडेकी छु ।
नभन्नु मलाई ‘निष्ठुरी’ भनी, बरु बुझिदिनू मेरा विवशताहरू
कयौँपटक मैले तिम्रो लागि मनैदेखि भगवानलाई सम्झेकी छु ।
००
–हाल : च्याम्बर्सवर्ग, पेन्सिलभानिया, संयुक्त राज्य अमेरिका ।
