गीत


(संस्कृतिविद् सत्यमोहन जोशीमा समर्पित)

ईश्वर थोकर

तिमीसँग भेट्ने मेरो वर्षौँभरिको चाहना थियो
तिमीबाट आशीर्वाद लिने अनेकौँ तिर्सना थियो

तिमीलाई कहिले मैले अखबारमा पढ्न पाउँथेँ
कहिलेकाहीँचाहिँ टेलिभिजनमा देख्न पाउँथेँ
हरदम मैले खोजिरहेको तिम्रो ठेगाना थियो
तिमीसँग भेट्ने मेरो वर्षौँभरिको चाहना थियो

तिमीलाई सामुन्ने देख्ने मेरो एउटा रहर थियो
भलाकुसारीमा रमाउने मेरो एउटा रहर थियो
तिमीलाई भेट्न नपाउनु मेरा निम्ति वेदना थियो
तिमीसँग भेट्ने मेरो वर्षौँभरिको चाहना थियो ।

Leave a Reply