गुरुप्रसाद रेग्मीकाे ‘जीवन लीला’ विमाेचित

दमक, झापाबाट प्राप्त समाचार,

शिक्षा क्षेत्रमा लामाे सेवा गर्नु भएका गुरुप्रसाद रेग्मीकाे कृति ‘जीवन लीला’ एक कार्यक्रमका बिच दमक नगर पालिकाका नगर प्रमुख रामकुमार थापाले विमाेचन गर्नु भयाे।

जेष्ठ नागरिक सम्मान प्रतिष्ठानकाे कार्यालयमा आयाेजित कार्यक्रमका प्रमुख अतिथि थापाले भाषा,साहित्य,कला,संस्कृति समाजकाे ऐना भएकाेले यसकाे संरक्षण र प्रवर्धन गर्नु स्थानीय सरकारकाे दायीत्व भएकाे बताउनु भयाे। उहाँले दमकमा उच्च प्राज्ञीक व्यक्तित्वहरु सबैकाे अपनत्व हुने गरि प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएकाे पनि जानकारी गराउनु भयाे। उहाँले भन्नू भयाे ,” दमक प्रज्ञा प्रतिष्ठान नगरकाे अभिभावकीय संस्थाकाे रुपमा सबैकाे भएर काम गर्नेछ । “

 कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना, जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहाल, साहित्यकार भानुभक्त कुभिण्डेली, दमक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवी दाहाल, दमक क्याम्पसकी प्राध्यापक राधिका ओझा, साहित्यकार राम नेपाल, टीकाराम पुरी, जिल्ला बाल सञ्जालका उपाध्यक्ष विनाेद थापा, साहित्यकार अभागी थेगुवा, उद्धव थापा, एन. वी. दाहाल,मदन सापकाेटा, राजकुमार सुब्बा, सुमित्रा बाङदेल चेली, दुर्गा काफ्ले, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गाैतम, सामाजिक अभियन्ता केदार चापागाँई, प्रिपेश श्रेष्ठ, शंकर पराजुली , इन्दिरा भण्डारी, कृष्णा तिम्सिना लगायत दुई सय व्यक्ति व्यक्तित्वकाे सहभागीता रहेकाे थियाे। 

कार्यक्रमकाे सञ्चालन साहित्यकार धनकुटे कान्छाले गर्नु भएकाे थियाे भने सभापतित्व जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सीताराम खतिवडाले गर्नु भएकाे थियाे। ताेया आचार्यले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रममा भानुभक्त कुभिण्डेलीले कृतिकाे समीक्षा गर्नु भएकाे थियाे। कार्यक्रममा जेष्ठ नागरिकलाई दाेसल्ला तथा टाेपी ओडाएर सम्मान गरिएकाे थियाे ।

Leave a Reply