अफ्रिकी साहित्यमा अस्तित्व–अस्मिताको खोजी
- डा. तुलसी भट्टराई
सिलगढी, भारत

आज विश्वमा एउटा आन्दोलनले जोर पक्रेको छ, एसिया, अफ्रिका जस्ता देशमा मात्रै होइन, यो आन्दोलनले युरोप–अमेरिका जस्ता विकसित महादेशहरुमा पनि त्यत्ति नै ग्रास गरेको छ । भारतलाई पनि यसले ग्रास गरेको प्रायः एक शताब्दी अघि देखि नै हो । अहिले यो आन्दोलनको वृस्तितिकरण भएर एकाईमा पनि पुगेको छ । आज जाति, समूह, धार्मिक गोष्ठी, भाषा–भाषी, उप जाति, वर्ण, लिङ्ग व्यक्ति सबैको आवाज मेरो परिचय खोई ? सबैको खोजी आफ्नै अस्तित्व र अस्मिता । यस्तै अस्तित्व–अस्मिताको खोजी भइरहेको विषयलाई लिएर प्रस्तुत भएका छन् अफ्रिकी साहित्यमा दुईटा उपन्यास : (१) डेभिल अन दि क्रस (म्भखष् ियल तजभ अचयकक) (२) दि व्युटिफूल वनस आर नट येट वन (The beautiful Ones are not yet One) डेभिल अन दि क्रसका लेखक एकगुगि उण थिङ्गो र दि व्युटिफूल वन्स आर नट यट वनका लेखक अधि कोचि अरमा हुन् । यी दुईवटा उपन्यासले त्यो देशको माटोमा मात्र होइन । विश्वको नक्सामा हलचल ल्याउने नै छ भन्नुमा कुने अत्युक्ति हुनेछैन । अफ्रिका कहिले उपनिवेश भएर शोषण, अत्याचार, अन्याय सहेर निर्धो भएर बिताउनु प¥यो, जसको भाषा, संस्कृति, सभ्यतामाथि नै उपनिवेशी शासकहरुले आक्रमा गरी ध्वंस गर्ने चेष्टा गरे । हजारौँ वर्षदेखि चलेर आएको उनीहरुको सभ्यता, इतिहास परम्परालाई धूला पीठो पारी सधौको निम्ति तिनीहरुर्ला विश्वको प्रगतिदेखि विच्छिन्न पारेर दास बनाइ राख्ने चेष्टा गरे । प्राक उपनिवेश, उपनिवेश र उपनिवेशबाट मुक्त भएपछि पनि उत्तर उपनिवेशको कासिष्ट, सामन्ती, पुँजीवादी शासक गोष्ठी, सामन्ती, पुँजीवादी, एकतन्त्री शासनहरुको अत्याचार, अनाचारबाट पिल्सिएर, थिचिएर आफ्नु परिचय हराउन गइरहेका ज्वलन्त कृति बन्न गएका छन् । आज अफ्रिका चिच्याउँदै छ आफ्नो परिचयको निम्ति, संघर्ष गर्दैछ, यही कथाका कलारुप हुन् यी उपन्यासहरु डेभिल अन दि क्रस ।
प्रस्तुत उपन्यासको नारी पात्र जसिन्ता उयरिङ्ग आफ्नु परिचयको खोजीमा छे । ऊ नारी हो, उसको खोजी, ऊ बाँचेको समाज, उसको आफ्नु देश अनि कुल–कुटुम्ब परिवारभित्र उसको उपस्थितिलाई उसले खोजी रहेकी छे, उसको मूल्याङ्कनको आवश्यकता महसुस गरिरहेकी छे । उसको अस्मिता माथि एउटा चुनौति उसले महसुस गरिरहेकी छे । उसको मूल्य के ? जहाँ उसको सम्मान छैन, नारी केवल पुरुषको निम्ति एउटा प्रयोजनमा ल्याउने अस्त्र, जसलाई व्यवहार गरेर पनि फ्याँकिदिने ? यो प्रश्न आए, उसलाई प्रयोग गरे अनि मिल्काइदिए । ऊ ग्कभ तजचयध भई । यी पुरुषहरुको जसिन्ताको उपयोगिताको निम्ति नभएर ती पुरुषहरु कामुकताको प्रयोजनले आए, अनि प्रयोजन पश्चात उसलाई त्यही फ्याँकेर गए । जीवनको अविवाहित अवस्थामै एउटा पुरुष आयो र उसलाई गर्भवती बनायो । जसले गर्दा उसलाई घरबाटै निर्वासित गरियो । यसरी प्रारम्भ भएको उसको जीवनमा घरी–घरी पुरुषहरु सम्पर्कमा आए, जसले गर्दा नोकरीबाट बर्खास्त भई आत्महत्या गर्ने चेष्टा गरी यसरी एक एक गरी कठिनतम् दुर्भाग्य भोगी । ऊ सुन्दरी निश्चय नै होइन । काल दाँत नमिलेका, ओठे तर मुसुक्क हाँसे, नम्र स्वभा तेजोमय चट्कु मिलेको आँखा, नरम–नरम रुवाजस्तो स्त्रीसुलभ शरीर, चिटिक्क परेको एकदमै बान्की परेका शरीर गठन इत्यादिले गर्दा पुरुषहरु आकर्षित हुन्थे, पुरुषको लोभी आँखाले उसलाई मोहित पार्ने गर्दथ्यो ।
एक जना अफ्रिकाली नारीको बाहिरी गठनमा हुनुपर्ने सबै गुण उसकहाँ छ, त्यसबाहेक स्त्री सुलभ गुण उसको अन्तरमा यथारुप थियो । पुरुषहरु उसको बाह्य आवरणमा मोहित भएर एक–एक नारी आउने गर्दथे । व्यवहार गर्दथे । जसिन्ताको बाहिरी आवरणले मोहित भएर आएका पुरुषहरुसँग उसले विश्वास गरेर प्रेम प्रदान गर्दा गर्दै उसको जीवनको अन्तरमा कुनै ऐश्वर्य रहन सकेन, ऊ हृदयबाटै, आत्माबाटै पलायन भएकी देखिन्छे, उसले आफ्नो आत्मविश्वास हराइसकेकी छे, उसको चेतनमा रहेको शून्यता बोध पनि गएको छ । बाबाट पाएको अवहेलना, धोका, असम्मानबाट उसले आफ्नु अस्मितालाई हराइसकेको महसुस गरेर आपूmलाई प्रश्न गर्दैछे मेरो मूल्याङ्कन खोई ? मेरो नारीत्वको परिभाषा खोई ? आपूmलाई आफैँभित्र खोज्दैछे । पुरुषहरु बार–बार आउँछन् उसको बाहिरी रुपको नारीत्वलाई मत्र खोज्दछन् तर त्यसभित्र रहेको मूल नारीत्वलाई हेर्दैनन्, बाहिरी आवरणको नारी, आन्तरिक मूल नारी अंशको छायाँ मात्र हो, यो कुनै हालतले ती पुरुषहरुले खोज्ने वा बुझ्ने चेष्टा गर्दैनन् । उनीहरु केवल बाहिरी आवरणका भोका छन्, बाहिरी आवरण मात्र तिनीहरुको प्रयोजनको अंश हो अनि त्यो अंशको उपभोग पश्चात त्यसको उपयोगिता शेष भए पछि उसको सम्पूर्ण नारीत्वलाई लात मारेर छोडिदिन्छिन् । यसरी छोडिएकी छे जसिन्ता । जसिन्तालाई पनि यो थाहा छैन । भित्रकी नारी पनि यदि उसको नारी अधिकारबाट बञ्चित भएका बाहिरी आवरणमा रहेको नारीत्व पनि आखिरमा पंगु भएर जान्छ । यो कटु सत्यबाट जसिन्ता बेखबर छे । नैरोको कम्पनीमा नोकरी गर्दा त्यहाँको मुख्य अधिकारीद्वारा गरिएको यौवन निग्रहको चेष्टालाई सम्मति नदिनाले उसले नोकरीबाट हात धुनु परेको थियो । उसलाई उसको स्त्रीत्वको समर्पणको मूल्य हिसाबले धेरै अर्थको लालच देखाइएको थियो तर लोभको वश त्यसलाई निषेध गरेर आफ्नु प्रेमीको अगाडि आउँदा पनि प्रेमीद्वारा त्यस साहसिक कार्यको बदला प्रशंसा–स्रहना नपाएर उल्टा जसिन्ता माथि नै सन्देह गरेरउसको प्रेमीले उसलाई छोडिदियो यो चञ्चला लाञ्चना उसको भाग्यमा जुट्यो । प्रेमीले उसलाई त्यो अधिकारीको क्रेप्ट सम्झयो । जुन प्रेमीको निमित उसले आफूलाई बचाएर आएकी थिई, जुन प्रेमको निम्ति उसको नोकरी पनि गयो, लोभ–लालचमा पनि परिन, त्यो प्रेमीले अधिकारीको क्रेप्ट भन्ने लाञ्छना पनि लगायो अनि छोडी पनि दियो । ऊ माथि ठूलो अन्याय भयो । उसको नोकरी गयो, जुन घरमा ऊ किरायामा बस्ने गर्दथी, मालिकले घरको भाडा बढाइदियो, उसको नोकरी गएकोले उसले भाडा दिन नसक्दा त्यस घरवालाले आपूmले पोसेका गुण्डाहरु लगाएर घरबाट निष्कासित गरिदियो ।
यसरी जसिन्ताको हृदयमा पुरुषहरुप्रति एक किसिमको घृणा उत्पनन भयो । उसले उसका प्रेमी, घर–मालिक अफिसको अधिकारी सबैलाई तिरस्कारको भावनाले हेर्न थाली । तिनीहरुको अगाडि आफूलाई असहाय, …………… जसले गर्दा उसले घरी–घरी शास्ति पाएकी छे । अफिसको एक जना निष्ठावान कर्मी, भाडामा बसेकी एक किरायी, प्रेमिका, एक नारी जो आफ्नो पेशा, सामाजिक एकाई, मानवी, लिङ्ग इत्यादिले बारम्बार पराजित भोगेकी उसले आफ्नु मूल अस्मिता नारीत्वले मूल्य नपाएको सोच्दछे, ऊ निरुत्तर भएको सोच्दछे । उसको आफ्नु आफुत्वलाई कोसनु–श्राप दिनु, दोष दिनु छाडेर उसको अगाडि ऊ कुनै मार्ग देख्दिन । प्राक् उपनिवेश, उपनिवेश र उत्तर उपनिवेश कालमा एक नारीको सोचाईलाई माध्यम बनाएर लेखकले व्यक्तिको चरित्रलाई समूह–गोष्ठीको सर्वजन स्वीकृत, गृहीत सामाजिक चित्रको वास्तविकता प्रस्तुत गर्न खोजेका छन् । लेखकले जसिन्ताको तस्विर खिँचेका छन् अनि चरित्रलाई चित्रण गरेका छन् अनि तिनको अभिनयमा सारा अफ्रिकी नारीहरुलाई समेटेर उतार्न चाहेका छन् त्यो एउटा सराहनीय प्रयास मान्नैपर्छ । पुरुष, व्यक्ति, चाहे जो सुकै किन नहोस् यदि उसले कुनै युवती पाएको खण्डमा उसले सबैथोक बिर्सेर कामुक राक्षसरुपमा खडा हुन पुग्दछ, त्यो अवसरलाई उसले गुमाउन चाहँदैन । उसका निम्ति नारीको यौन अङ्ग नै सबैथोक भएर उसको सामने खडा हुन्छ, उसको निम्ति अन्य सबैथोकको अवमूल्यन हुन पुग्दछ । लेखकले यसरी नारी जातिलाई क्रय गरिने वस्तुको रुपमा देख्नेहरुलाई निराकर रुपमा प्रस्तुत गरेका छन् ।
उपभोक्तावादी मानसिकता वास्तवमा उपनिवेश कालको परिणाम हो भन्ने कुरा देखाउन चाहेका छन् । उपनिवेशकाल सेतेहरुलाई पछ्याउन खोज्दा ने अफ्रिकी पुरुषहरुमा यो निम्न भानको विकृति रुप जन्म भएको हो । जसिन्तालाई ती पुरुषहरुले नाना प्रकारले प्रयोगमा ल्याउन चाहेका हुन् । ऊ एक सत्य मार्गकी यात्री थिई । स्वाभिमानी, एक निष्ठावान–आदर्श परिवारकी छोरी हो तर परिस्थितिले नेटो काटेर चालू स्वभावकी मिथ्या भाषिणी बनायो । जब अविवाहित अवस्थामै गर्भवती भई । तब उसको चेतनाको बिर्को खुल्यो तर समयले पर्खेर बसेको थिएन । कालले गति फक्री लिइसकेको थियो । उसलाई पर्खेर बसिरहेको कुनै संसार बाँकी थिएन । सान्त्वना दिनेको खडेरी लागेको थियो । डाँडा काँडा, भीर–पखेरा नाङ्गो थियो, नद–नदीबाट धेरै पानी बगिसकेको थियो । त्यसैले जब ऊ खोज्दछे नारीको परिचय, उसको अस्मिताको संघर्षमा ऊ आफैँलाई उभ्याउँदैछे ।
अर्को पात्र, जो सांस्कृतिक परिचयको खोजीमा उभिन खोज्दैछ उसको उद्देश्य प्राक. उपनिवेशिक व्यवस्थाको एवम् केनियाको अभिनित संस्कृति, सभ्यतालाई खोजेर निकाल्न चाहन्छ, प्रकाशमा ल्याउन खोज्दैछ, पुरानो परम्परा–प्रथालाई खोज्दैछ, ऊ अफ्रिाको शुद्ध संस्कार संस्कृति माध्यमले अफ्रिकी समाजको अस्तित्वलाई लिएर चिन्तित छ । अफ्रिकाको नौरोबी विश्वविद्यालयको अफ्रिकी स्टडिज भिागको विद्यार्थी ऊ त्यही विषयमा शोध गर्दैछ । उसको आफ्नोत्वमाथि अभिमान छ, त्यसभित्र ऊ बाँच्न चाहन्छ आफ्नै आफ्नोत्वमा उसको जीवन ।
यही उपन्यास भित्रको अर्को पात्र गतुरिया जो आफ्नै परम्परा संस्कृतिमा रम्न चाहने एक विद्यार्थी हो । आफ्नो प्राक उपनिवेशी अवस्थाको संस्कृतिको परिचयलाई आफ्नो ठान्छ । प्राक उपनिवेश व्यवस्थाको अफ्रिका केनियाको अमिश्रित संस्कृतिलाई, सभ्यतालाई पुनःजागरण गराउन चाहन्छ जो उपनिवेशी शासनको व्यवस्थाले छिन्नभिन्न गरिदियो, त्यसलाई ऊ उसको यथार्थ परिचय ठान्दछ । ऊ गर्व गर्छ आफ्नोत्वमा, उसको अभिमान उसको संस्कृति–परम्परा माथि छ, तर पनि ऊ घमण्डी होइन, यो उसको जाति, भाषा, देश, संस्कृतिको अस्तित्वको प्रश्न हो, अस्मिताको प्रश्न हो, ऊ आफ्नो जरालाई, आफ्नो धरातललाई, आफ्नो इतिहासलाई खोज्दैछ जो उपनिवेशी व्यवस्थामा हराएको छ, गोराहरुले उसको संस्कृति, परम्परा, इतिहास, भाषालाई निश्चिन्ह बनाउने चेष्टा गर्दा त्यसको पवित्रता, शुद्धतालाई समूल रुपले धव्ंश गरिदिए । ऊ चिन्तित छ, आफ्नो संस्कृति–सभ्यतालाई गोराहरुले जुन तरिकाले अशुद्ध गरिदिए त्यसलाई पुनः विशुद्ध गर्न सकिन्छ या सकिँदैन । किनकि ऊ चाहँदैन उसको निजस्व परिचय माथि अरुको हस्तक्षेप, उसको परिचय मात्र उसको हो । आफ्नो भाषा गिकुयुली शुद्धाता माथि उसको चिन्ता छ । गिकुय बोल्न लजाउनेहरु पनि छन् अनि जो गिकुयु बोल्दा भने लट्पटिने तर अरु उपनिवेशी भाषा स्पष्ट रुपले सलल बोल्नेहरुको चेतनालाई दासत्वको परिणाम ठान्दछ । ऊ आफैँ नौरोबी विश्वविद्यालयको अफ्रिकन स्टडिज विभागको एकजना शोध विद्यार्थी हो, ऊ अफ्रिाको संस्कृति लिएर शोध पनि गर्दैछ । ऊ एकसमय अध्ययनको निम्ति अमेरिका गएको थियो । उसलाई त्यहाँको शिक्षाले आकृष्ट गर्न सकेन, कारण त्यहाँको शिक्षामा केवल धन–सम्पत्ति कसरी बढाउने, कसरी मुनाफा बटुल्ने र त्यही मात्र त्यहाँको शिक्षाको उद्देश्य एवम् लक्ष्य उसले अनुभव ग¥यो । उसको चेतनाले शिक्षाको उद्देश्य केवल मुनाफा बटुल्ने, धनवान्, सम्पत्तिवान् हुने होइन ऊ व्यापक अर्थमा सोच्दछ, यसैले उसले मानवसमाजको व्यापक विषय संस्कृतिलाई उसले चुनेको जस्तो देखिन्छ । ऊ त्यहाँ रहँदा त्यो शिक्षा माथि आकृष्ट नभएर ऊ त्यसबेला श्रमिकहरुको बस्तीतिर घुम्न जान्थ्यो, तिनीहरुको गीत सुन्ने गर्दथ्यो, त्यसरी उसले आफ्नु स्वःपरिचय (क्भाि(क्ष्मभलतष्तथ) को खोजी गर्दथ्यो । त्यहााको शिक्षा–प्रतिष्ठानले छात्र-छात्राको मगजलाई दासत्वमा परिवर्तन गर्दथ्यो, त्यस्तै शिक्षाको बजारमा ती शिक्षा प्रतिष्ठानहरु थिए ।
इतिहासको अध्यापकले युरोपको इतिहास छोडेर केही बुझ्दैनथ्यो जान्दैनथ्यो । ऊ अन्तमा आफ्नो इतिहास–परम्पराको जडमा पुग्नको निम्ति नकुरुको एकजना बुढाको छ । पुग्यो, ती बुढोले उसलाई लोककथा, राक्षस र पशुहरुको कथाहरु सुनायो । वास्तवमा ती कथाहरु राक्षस र पशुहरुको भए पनि यथार्थमा मानिसहरुकै थियो । ती कथाहरु देशको, जातिको, समाजको अस्तित्व हो । त्यसैले तिनीहरुको जीवनको जड देखाउँथ्यो, त्यो नै अफ्रिकी संस्कतिको धूकधूकी थियो । ती कथाहरुले अफ्रिकी देशका विभिन्न जातिको इतिहासलाई लिएर हिँडेको हुन्थ्यो । ती कथाहरुले नै ती देशका वासिन्दाहरु अनि तिनीहरुको साहित्यलाई बोकेको हुन्थ्यो । जुन जातिहरुले ती कथाहरुलाई भूल्थे वा ती कथाहरुलाई मूल्य दिँदैनथे त्यो जातिको अस्तित्व–अस्मिता, इतिहास ध्वंस भएर जाँदैछ भन्ने बुझिन्थ्यो । त्यो जातिलाई बचाउन अब कसैले सक्ने छैन, किनकि तिनीहरुले आफ्नो संस्कृति, संस्कार, सभ्यता, शिष्टाचारलाई बिक्री गरेर दासत्व ग्रहण गरेको स्पष्ट हुन्थ्यो । त्यो जाति तब एउटा दुई खुट्टा–दुई हात भएको खानलाई मात्र बाँच्ने एक पशुसरह हुन्थ्यो । त्यो जाति जिउँदो दास सरह बाँच्दथ्यो । उपनिवेशी शासकहरुले सभ्यताको प्रचारको नाममा शिक्षाको प्रचारको नाममा त्यहाँका जातिहरुलाई लूला–लँगडा बनाएर छोडेको थियो, बैशाखी विना चल्न नसक्ने निर्धाहरुको दल बनाएको थियो । यसैले आज ऊ खडा भएर तयसको विरुद्ध आफ्नो संस्कृतिको जड, आफ्नो समाज सुहाउँदो, आफ्नो जातिको विकासको निम्ति चल्दै आएको नितान्त आफ्नै परम्पराको पुरानो दिन, पुरानो स्वतन्त्रता र सभ्यतालाई खोज्दैछ । उसको हृदय उसको परम्परा र संस्कृतिको निम्ति भुटभुटिइरहेको छ, ऊ सचेत छ, आफ्नो संस्कृति, भाषा, जाति र देशप्रतिको उसको लगावले उसलाई पशुदेखि मानव बनाइसकेको छ । पश्चिमी देश जस–जसले अफ्रिकी जातिहरुको संस्कृति–सभ्यता माथि, आफ्नो अधिपत्य चलाएर उनीहरुको शिक्षा, संस्कृति, सभ्यतालाई नष्ट गरी दिए । गोराहरुले तिनीहरुमाथि आफ्नो संस्कृति, शिक्षा, सभ्यता लादेको (थोपरेको) थिए, तयो उपनिवेशीहरुको चक्रान्तले अफ्रिकी जनता वास्तवमा भन्नु हो भने समग्र जनतालाई पैतालामुनि दबाएर राख्ने चेष्टा गरेका थिए । अफ्रिकाका महान् लेखक चिनबा अचिबीले पनि आफ्नो जाति, समाज, कूल–कुटुम्बलाई प्राक उपनिवेश अवस्थाको अफ्रिकामा उभ्याएर दुनियाको अगाडि अफ्रिकी जातिको शोषण, अत्याचार, अनाचार बाटो अप्नाए त्यसलाई उनीहरुकै भाषा (भ्लनष्किज ीबलनगबनभक) मा प्रस्तुत गरेका थिए ।
उनले अंग्रेजी भाषामै अफ्रिकाको संस्कृति विश्वसामु प्रस्तुत गराएका थिए । किन गिकुयू भाषा नै तिनले आफ्नो लेखको निम्ति, माध्यम बनाएनन् भन्ने प्रश्नको उत्तरमा उनले सोझै भनेका थिए, गिकुयूमा नलेखेर अंग्रेजीमा लेख्नुको अर्थ अफ्रिकाको धनी संस्कृति–परम्परा र सभ्यता विश्वलार्य चिनाउनु हो भने अंग्रेजी भाषा ने उपयुक्त हो ।
हाम्रो पात्र भने आफ्नो गातुईरिया संस्कृतिको समस्या सम्बन्धमा एकदमै सचेत छ । उसले देखेको छ कसरी पश्चिमी साम्राज्यवादी आधिपतयवादी संस्कृति अघि अफ्रिकी संस्कृति पद दलिय भएर जाँैछ, साम्राज्यवादी संस्कृतिको अघि आत्मसमर्पण गर्न बाध्य बन्दैछ । साम्राज्यवादी संस्कृतिले अफ्रिकी संस्कृतिलाई थिचेर–मिचेर छिन्नभिन्न पार्दैछ, मृत्युको मुखेन्जी पु¥याएको छ । अफ्रिकी संस्कृति सम्पूर्ण निश्चिन्त हुँदैछ, अनि जनताको मन–मगज पूर्ण रुपले दासत्वको ग्रहण गर्न गैरहेछ । आफ्नो जड हल्लिएपछि आज जनताको स्वसंस्कृति परनिर्भरशील हुँदैछ, अब आफ्नो खुट्टामा उभिन नसकेर विदेशीको वैशाखी खोजिरहेछ । अब स्वदेशी परम्परा, सभ्यता, संस्कृतिबाट विच्छिन्न भएपछि विदेशी नै तिनीहरुको मार्ग निर्देश कबनेर जाँदैछन् । अफ्रिकी भाषा, संस्कृति, सभ्यता, संस्कार, ज्ञान, विज्ञान, दर्शन, इतिहास, चेतना, धारणा सबै ध्वंसको मुखमा पुग्दैछ । तिनीहरुको लोककथा, लोकगाथा, उखान, रीति, टुक्का, लोकोन्ति रीरितिथी, लोकगीत, गाउँखाने कथा, संस्ककार टुना–मुना सबै–सबै हराउँदै जाँदैछ, प्राक उपनिवेश अवस्थाको अफ्रिकी बाजा–गाजा भुलेर उपनिवेशहरुले ल्याएका उनीहरुका बाजा–गाजापट्टि अफ्रिकी जनता आकर्षित हुँदैछन् ।
अफ्रिकी जनता देख्दा मात्रै अफ्रिकी अरु सबै तवरले उपनिवेशीहरुको द्वितीय श्रेणीको मानिस हुँदैछन् । आफ्नो उच्चकोटीको संस्कार, रितिथिति, विचार, चेतनालाई तल्लो दर्जामा राखेर उनीहरुको तल्लोस्तरको संस्कार चेतना, रीतिथिति, विचार, कर्महरुलाई उच्च मानेर ग्रहण गरिरहेछन् । यसैले गतुरिया चाहनछ ऊ र उसले जस्तो सोच्ने उसकै स्तरको चेतनाशील साथीहरु मिलेर पुरानो बाद्य यन्त्र, गीत, लोकगाथाहरुको शोधमा ऊ उत्रेको छ । ऊ वर्तमानमा सारा जातिमा आएको भोगवादी संस्कृति र उत्तर उपनिवेशी प्रभावबाट आपूmलाई बचाएर प्राक उपनिवेशी चिन्ह र संस्कृतिको सेवाबाट सारा अफ्रिकाको पुरानो सम्मान, इज्जतलाई पुनः स्थापित गर्न चाहन्छ । धन, सम्पत्ति (अर्थ)को निम्ति ऊ दौडिन चाहँदैन, त्यसको विकल्पको निम्ति संगीतलाई साथी बनाउँछ । उसको विचारमा एकेक आवाजले गति लिन थालेपछि त्यो समष्टिको स्वर हुन्छ, अनि त्यसको वेगले बढ्दै बढ्दै एक दिन सम्पूर्ण जातिको नारा (आवाज) बन्नेछ, यसरी ऊ सम्पूर्ण अफ्रिकाको परिचय–अस्तित्व खोज्ने चेष्टामा छ । यसरी बहुसंख्यक जनता अनि तिनीहरुको विश्वास, संस्कृतिको संघर्ष स्वपरिचयको ढोकामा ढक–ढक ढक–ढकाउन खोज्दै यो पात्र गातुइरिया बढ्दै छ । उसको उद्देश्य–लक्ष्यको मार्ग ऊ ठीक गर्दैछ ।
गातुइरिया ऊ एउटा यस्तो संगीत रचना गर्ने छ जसले भूतकाललाई समेटेर, वर्तमानमा खडा हुन सक्नेछ । अनि त्यसले भविष्यलाई समेत निर्देशित गर्न सकोस्, अर्थात त्यसैले भूत–वर्तमान र भविष्यलाई एकै स्थानमा उभ्याउन समर्थ होस् । उसको झोलामा तीनवटा पुस्तक छ, एउटामा पूर्व अफ्रिकाका विभिन्न किसिमका बाजाहरुबारे लेखिएको, अर्को काम्बा संगीतबारे लेखिएको छ । सबै किसिमको बाजा–गाजाप्रति उसको प्रेम छ, ऊ अब एउटा संगीत बनाउने छ, जसमा धेरै किसिमको स्वरहरु समावेश होस्, सबै किसिमको बाद्यय बजोस् त्यो संगीत भित्र अनि त्यो संगीतमा देशको यथार्थ स्वरुप प्रस्तुत होस्, ऊ त्यसको प्रतिक्षामा छ । कस्तै कठिनाई भए पनि, चाहे आँधीबेह्री आवोस्, हावा चलोस् वा मधुर रातमा पनि ऊ त्यसलाई प्रतिक्षा गरिरहेछ । कारण यसमा ऊ भूत, वर्तमान, भविष्यको स्वर सुन्न पाउँदछ । उसको विचारमा यस्तो खालको संगीत तयार गर्नु हो भने देशलाई प्रेम गर्नु नै एक मात्र प्रेरणा हुन्छ । कारण देश प्रेमले मात्र देशको सौन्दर्य, महत्व, विरता, धैर्यता, उदारता, साहसिकता, गौरव देशको सम्मान, उच्चता–श्रेष्ठता अनि राष्ट्रनायकहरु प्रति सम्मान देशको लक्ष्य–उद्देश्य, सपना, आकांक्षालाई प्रसार–प्रसार गर्न सकिन्छ ।
यो उपन्यासको एउटा सचेत पात्र छ, ऊ एक शोषित समाजको पात्र हो । उसले देख्छ समाजभित्र एउटा श्रेणी छ जो भोको, नाङ्गो बसेर दिनभरि पसिना बगाएर रगत सुकाए, डढेर अँगार बनिएर उत्पादन गर्छ तर उसकै घरमा परिवार–बालबच्चा बेलुकी खान नपाई सुत्नुपर्छ । ऊ पनि त्यही समाजको पात्र हो । उपनिवेशीहरुको राजस्वमा जस्तो थियो ती रगत सुकाएर–पसिना बगाएर दिनभरि गोरुझैँ जोतिएर उत्पादन गर्नेहरुको अवस्था आज स्वधिनता पाएपछि पनि कुने बदलाव–परिवर्तन हुने छाँटकाँट छैन, यस्तो परिस्थिति देखेपछि ऊ सोच्न लाग्दछ, “स्वाधिनताले ती मानिसहरुको अवस्थामा कुनै परिवर्तन ल्याउनु नसकेको कारण अर्थनैतिक स्वाधिनता नआउनु नै हो ।” अहिले पाएको स्वाधिनतामा शोषित जनता केवल परजीविहरुलाई पाल्न फसल उत्पादन गर्ने एउटा मिसिन (यन्त्र) बनेको छ । ती खटिखाने–मेहनती मानिसको श्रमको फलती परजीवीहरुले खान्छन्, जसले लुगा बनाउँछ, सिलाउँछ, ऊ नै नाङ्गो छ, जीउ ढाक्ने एक टुक्रा लुगाको निम्ति ऊ तड्पिनुपर्छ, जसले फसल फलाउँछ, खेती–पाती गरेर अन्न उत्पादन गर्छ ऊ भोको हुनुपर्छ, जसले स्कुल बनाउँछ, उसके छोराछोरीले पढ्न पाउँदैनन् । राम्रो खानेकुरा, लुगाफाटा, शिक्षा आदिहरु त्यही परजीवीहरुको निम्ति मात्र हो भन्ने कुरा प्रायः निश्चित देख्छ । ऊ विचार गर्छ, मजदुर–कर्मचारीको निम्ति तिनीहरुको श्रम नै तिनीहरुको प्रमुख र प्रथम परिचय हो, त्यही श्रमलाई बिक्री गरेर नै आपूm सह–परिवारको कम से कम भरणपोषण गर्छ । श्रमद्वारा प्राप्त अलिकति अर्थले जीवनयापन गरेर ऊ आफ्नु समाज–जातिका गठन गर्छ । श्रम गर्ने र अरु काम गर्ने स्थानहरु संकुचित भएर गैरहेछ फलस्वरुप काम पाउन हम्मे परेर जाँदैछ । कल–कारखाना बन्द हुँदै जाँदैछ, श्रम बिक्री गर्दा पनि उपर्युक्त÷ चाहिने रुपको मजदुरी पाउन सक्दैन, पाएको स्थान, कल कारखाना खेतीपातीबाट पनि जीवन धारण गर्ने क्षमता हुनसकेको छ । ऊ देख्छ कारखानाहरु क्रमशः ले अफ, लक आउटले काम गर्दै आएको स्थानबाट, वा नोकरी चाकरीबाट निर्वासित हुनु परिरहेछ । यस किसिमको पुँजीवादी शासनमा ऊ अनि उसका दौतरी र जनता निर्धा, निमुखा भई पुँजीवादी छत्रछायामा शोषित, पीडित भई अत्याचार–अनाचार भएर बसेका छ, अन्यायको अगाडि आत्म समर्पण गरिरहेछन् । आधुनिक शोषक, पुँजीवादी–सामन्ती चोर डाकुहरुले देशी उत्पादनहरु विदेशको भण्डारमा थुपरिरहेछन् । स्वदेशी, मेहनती श्रमिक–कृषकहरु भने भोकै मरिरहेछन् । यस्तो त्रासमय, आतङ्कीत अवस्थाको विकल्पको श्रेणी संग्राम नै ठूलो हतियार । ऊ सोच्दछ र ऊ दृढ–प्रतिज्ञा भएर त्यही मार्ग पहिल्याउने विचार गर्दछ, किनकि उसको विचारमा यही मात्र ठोस र बुद्धिमानी कार्य हुनेछ । उसको अगाडि श्रेणी संग्राम नै एक मात्र गरिबको निम्ति मूलबाटो ऊ ठिम्याउन पुग्दछ ।
कृषक–मजदुरको पसिना–रगतले नै विश्वमा पुँजीवाद फलेर–फुलेर गएको ध्रुवसत्य हो यसैकारण केनियामा पनि केनियाई लुटेराहरुले केनियाई जनतालाई लुटेर नै अघि बढ्नुपर्छ, केनियाई लुटेराहरुले अब विदेशी लुटेराहरुलाई वैशाली बनाई हिँड्नु होइन, लुट्ने काममा अब आफ्नै खुट्टामा उभिनुपर्छ, आफ्नै घडेरी तयार गर्नुपर्छ र विदेशी लुटेरालाई यहाँ लुट्न दिनु हुँदैन साथै हामीले लुटेको भागमा अंश पनि दिनु हुँदैन । केनियाई मजदुर कृषक समग्रमा जनतालाई लुट्ने अधिकार केनियाई लुटेराहरुले मात्र पाउँछ । तिनीहरुले देशको लुटेका भाग हामीलाई दिँदैन । अमेरिका एवं युरोपका लुटेराहरु भने हाम्रो अधिकारमा भाग किन बसाउँछन्, यो प्रश्नले एमडइरेरिको मनलाई हल्लाई दिएको छ । हाम्रो यहाँ गरिबीको शोषण गरेर किन उनीहरु कोटिपति हुने । यो लडाई ती कोटीपति शोषकहरुको विरुद्ध भन्ने दृढ निश्चय उसले गर्छ ।
एमज्इरेरि भन्दछ, “स्कुल छोडेपछि मैले प्रत्येक दिन, सप्ताह, मास साम्राज्यवादीहरुको कम्पनीमा काम गरैँ । कोही बेला पनि उनीहरुको भित्री व्यवहार अर्थ वा लाभको विषयमा उसलाई नाक गलाउन थिएन । त्यो सब उनीहरुको निमित्त थियो । उनीहरुले आफ्नु देशमा निम्न मानको भनेर फ्याँकिएर राखेको मेशिन अस्त्र–शस्त्र हामीलाई प्रयोग गर्न दिनछन् र नराम्रो भत्किएको छोडेर अरु राम्रा यन्त्र–हतियार आफ्नु परिवारको प्रयोगको निम्ति राखे । त्यस अवस्था पनि देश÷जाति भित्र कुनै कठिनाई आयो, वा श्रमिक–कृषकमा असन्तोष देखा प¥यो त्यसबेला उनीहरुले म र मजस्ताहरुलाई प्रयोग गरी आक्नु दुनो सोझ्याउने गरेको छ । म जस्ताहरु पनि उनीहरुको झ्यालको पर्दाजस्तो भएर प्रयोग भयौँ । हाम्रो देशका जनतालाई उनीहरुले ठगे र हाम्रो कार्य दक्षतालाई हेरेर होइन जीउको, अनुहारको रङ्ग हेरेर हामीलाई किन्न चाह्यो । यसैले ऊ भन्छ, “स्वदेशी व्यापार–वाणिज्य गर्नेहरु अघि बढेर आउनु पर्छ र आफ्नु देशको उत्पादक (श्रमिक–कृषक)हरुको रगत र पसिनालाई किन्नुपर्छ, विदेशीहरुलाई कुनै अंश दिनु हुँदैन, यो नै मेरो आवेदन छ ।” विदेशीहरु हाम्रो देशको एकात्मक राजनीति छोडेर आफ्नो देशमा फर्केर जाउन् र आफ्नै भूमिलाई करनी गरुन् हामी यहाँ हाम्रै देशी (स्वदेशी) पुँजीवाद चाहन्छौँ । यही नै हाम्रो गणतन्त्र हो, यसैले विभिन्न देशमा समता ल्याउने छ । यसरी ऊ अर्कोको पुँजीवादलाई हटाउन चाहन्छ र नितान्त आफ्नु स्वदेशी पुँजीवादलाई भित्र्याउन चाहन्छ र प्रकृत स्वदेशी पुँजीवाद ऊ खडा गर्न खोजिरहेको छ । देशको मजदुर–किसानको रगत र पसिनाको शोषण गरेर यहाँको पुँजीवादलाई हुर्काउन चाहन्छ यो तरिकाले देशको सम्पत्तिको लाभ ऊ लुट्न चाहन्छ आफैँ र बाहिर जान दिन चाहँदैन । अर्को एउटा पात्र, जो उपनिवेशिक राजत्वको विरुद्ध संघर्षमा आपूmलाई समर्पण गरेको थियो, स्वाधिनताको युद्धकालमा वन–जङ्गलभित्र रहेका सशस्त्र विद्रोही योद्धाहरुकोमा जीवनलाई बाजी राखेर अस्त्र–शस्त्रहरु पु¥याउँथ्यो । ती योद्धाहरुकोमा बुलेट–बन्दुक पु¥याउनु जाँदा वनका पशुह र उपनिवेशिक शासकका रक्षकहरुसँग जोगिँदै, कहीँ मुटभेड हुँदै जानुपथ्र्यो । किनकि यो युद्ध देशको, जातिको राजनैतिक परिचयको युद्ध थियो । अनि यो युद्ध थियो प्रत्येक अफ्रिकी जाति (केनिया) को समष्टि व्यक्तिको परिचयको निम्ति थियो, जीवनको निम्ति युद्ध थियो । युद्धमा विजय हुनु नै पर्ने स्व–बाध्यता र अनिवार्य थियो । शेषमा उनीहरुले युद्ध जितेर आफ्नु परिचय स्थापित पनि गरे । देश स्वाधिन भयो, गोराहरुले हारे देश स्वाधिन भयो तर त्यो स्वाधिनताको अनुहार उपनिवेशी शासकहरुको अनुहार भैmँ नै भयो । उसले त्यो स्वाधिनताको डरलाग्दो–त्रासमय, आतङ्कित गर्ने विकृत भएको देख्यो त्यसले गर्दा उसको हृदय छिया–छिया भयो, जल्दै गरेको आगोले डढेझैँ भयो । युद्ध त भयो, स्वाधिनताको नाममा अनेकौँ प्राणको हानि भयो, खुनको नदी बग्यो, तर लुटेको जमिन फिर्ता भएन । जुन जमिन लुटिएको थियो, त्यो तिनीहरुको नितान्त आफ्नु थियो, जो वंशगत उत्तराधिकार नियमले तिनीहरुकै थियो, ऊ सोच्दथ्यो यो ईश्वरले उनीहरुलाई दिएको थियो । जुन स्वाधिनताको निम्ति युद्ध भयो त्यहाँ तिनीहरुको कुनै आत्म त्याग छैन । तिनीहरुको हात मै जमिन गयो । स्वाधिनताको निम्ति लड्ने योद्धा–सेनानीहरु, स्वाधिनतापछि मूल्यहीन भए । विदेशी राजनेता र पुँजीपतिहरुको हातबाट क्षमता हस्तान्तरण भएर देशी राजनैतिक र पुँजीपतिहरुको हातमा शासन गयो । नीति, सिद्धान्त सबै उपनिवेशी शासकहरुको झैँ नै रह्यो, हात बद्लियो, अनुहार बद्लियो तर रीतिथिति कायदा–कानुन, कठोरता, शोषण, अत्याचार, अन्याय ज्यूँका त्यूँ रह्यो, परिणाम स्वरुप यो पात्र उयाडगरिको परिचयको संकट शुरु भयो । जमिन गयो, अब पाउने आशा रहेन, आफ्नो ठाउँ इलमोरगमा कहीँ नोकरी पाउने आशा–भरोसा नरहेपछि ऊ नाइरोबितर्फ लाग्यो । त्यहाँ पनि उसले कुनै आक्नुत्व पाएन, परिचय देखेन । त्यहाँ पनि सबै ठाउँमा गोराहरु र तिनीहरुका भाट भएका छत्र छायाँमा दासत्ववृत्ति ग्रहण गरेर बसेका कालो मानिसहरुको छिनाफपटी चलेको देख्यो । अघिको जस्तो अवस्था थियो त्यस्तै देख्यो । उपनिवेशी कालमा जस्तै नाइरोबिमा प्रवेश गर्न अनुमति पत्र लाग्ने, बिना अनुमति प्रवेश गरेर यताउति घुमेको अपराध लगाएर उसलाई जेलमा बन्द गरिदियो । जसले देशको निम्ति, स्वाधिनता लडाइमा आपूmलाई समर्पण गरेर लड्यो, त्याग–उत्सर्ग ग¥यो ऊ नै देशको शत्रु भयो, देशको शत्रु भैmँ जेलमा कोचारिनु प¥यो । ऊ यति दिन अदृश्य जेलखानामा बसेझैँ थियो, आफ्नै देशमा बसेर अब भने दृश्यमान जेलमा पुग्यो । आफ्नै देशमा उसलाई अनुप्रवेशकारी बनाइयो । धनीहरुको राजत्वमा धनविहीन मानिसलाई अनुप्रवेशकारी रुपले सजाइयो । एउटा गोरा न्यायधिशले होटल मालिक अर्को गोरा र उसको चम्चा कालो मानिसको गवाहीमा उसलाई अपराधी बनाएर सजाय दियो । अब उयाङ्गरिकले पायो, अघि गोराहरु चोर–डकैत थिए, अहिले गोरा र धनी काला दुवै चोर डकैत भएछन् । यो कालो डकैत झन भयंकर खतरा किनभने तिनीहरुले झन् आफ्नै आमालाई लुट्न विदेशीहरुलाई बोलाए । केवल पैसाको निम्ति, केही कागजको नोटको निम्ति आमालाई बिक्री गर्ने शैतान भएछन् ।
यो उपन्यासमा एउटा स्वदेशी चिन्ता भएको तर पुँजीपतिको चरित्र भएको पात्र छ । ऊ उपनिवेशीक शासकहरुलाई मनबाट घृणा गर्छ यसैले उसको युरोपियन नाम पनि उसले बद्लाएर स्वदेशी नाम राखेको थियो । युरोपियनहरु जस्तो उसको नाम पहिला जुन, थियो तर परिवर्तन गरेर एमडइरेरि राखेको थियो । हाम्रो (यस उपन्यासको एउटा पात्र, भुतुरी, शोषित समाजको पात्र) पात्र भुतरीको ठीक विकल्प चिन्तक पात्र हो । उसले देश एवम् विदेशबाट धेरै शिक्षालाभ गरेको प्रमाणपत्रहरु उसकोमा छ, उसको उत्तर उपनिवेशी परिचय पनि यसले प्रमाण गर्छ । उसलाई शिक्षक बन्ने आकांक्षा थियो तर पछि उसले देख्यो केनियामा शिक्षित मानिसहरुले व्यापार–वाणिज्यमा धेरै हात हालेका छैनन्, खुबै कम्तिले मात्र त्यस तर्फ ध्यान दिएका छन्, तर अर्थको कमजोरीले कुनै जाति मानिस वर्तमान कालमा समाज जाति देशको नायक हुन सक्दैन, अर्थ (धन–सम्पत्ति) भएकाहरु नै आधुनिक युगका असल–सफल नयाक हुन् । उसको सोचाइले असलमा पुँजीपतिहरुको वर्तमानको वास्तविक संकट प्रमाण गर्दछ । देशी र विदेशी पुँजीपतिहरुको अन्तरद्वन्द्व यहाँ देखा पर्दछ । देशी पुँजीपतिहरु आफैँभित्र निर्भर हुन चाहन्छन् तर विदेशी पुँजीपतिहरुसँगको प्रतियोगितामा कुनै तरिकाले पनि अघि आउन सक्दैनन् । तिनीहरुको परनिर्भशीलताले कुने हालतले पनि उनीहरुलाई छोड्दैन । पछि लागिरहेको देखिन्छ । चोरी–डकैतीको प्रतियोगिता भनेको पनि हुबहु यस्तै खालको कुरालाई त्यहाँका मानिसहरुले भनेको पाइन्छ । उसले स्पष्ट रुपले जान्दछ, चोरी–डकैती सम्बन्धी ज्ञानमा पश्चिमीहरुको हाराहारी तिनीहरु एकदमै पछि परेका छन् । यसकारण तिनीहरुसँगको आपसमा सहयोगिताले नै समस्त कर्म–भोगको अस्त्र सम्बन्धी सिक्न भ्रम ऊ बाध्यता देखिन्छ । यस्तै कुराले उसमा तत्सम्बन्धी विरोध थियो ऊ पनि चोरी–डकैतीमा पनि विश्वास गर्छ तर निश्चय नै उपनिवेशी गोराहरुमाथि निर्भर हुन भने चाहँदैन । आफ्नै बलबुतामा लुटपाट गरेर नै भन्ने कुरामा ऊ विश्वास गर्छ । वर्तमान अवस्थामा निश्चय नै स्वदेश लुट्ने लुटेरा विदेशी चरित्रसँग साँठ गाँठ गरेर होइन । वर्तमान सभ्यता स्थापित गर्न जुन–जुन देशहरुले अवदान राखेको छ ती देशहरुमा श्रमिक÷कृषकहरुको हातबाट त्यो क्षमता छिनेर जुन–जुन नेतृत्वहरुले लुटपाट गर्छ तिनीहरुलाई नै राष्ट्र राष्ट्रनायक, वीर हिसाबले मानेर ल्याएको छ । तिनीहरु नै नायक भएका छन् जसले खुल्ला बजारमा आपूmलाई र आफ्नु प्रतिभालाई बिक्री गर्न जान्दछन् । यो लुटपाट मचाउनेहरु पनि दुई प्रकारका छन्, पहिलो जो केवल आफ्नै देशमा लुटपाट गर्छन्, अर्को जो आफ्नु देशमा त गर्छन् नै गर्छन् अर्को देशभित्र कुनै रुपले पनि पसेर लुटपाट गर्छन् यस्ता लुटपाट मचाउनेहरुमा युरोप र अमेरिकी देशका डकैतहरु पर्छन् । जस्तै भारतमा व्यापार गर्ने निहुँल पसेर अंग्रेजहरुले लुटपाट चलाए र यहाँको सम्पत्ति लुटेर लगे ।
लेखक एनगुगीले पात्रहरुको अभिनय–चरित्र र चिन्तनलाई माध्यम बनाएर यो उपन्यासको एउटा शहर नैइरोबिको तस्बिर हुबहु कलम–कागजमा उतारेका छन्, त्यसले पाठकहरुलाई देखाउँछ, नौइरोबि एउटा होइन दुईवटा छ, एक पसिना र रगतसँग दिन साटेर बाँचेका बहुसंख्यक मानिसहरुको नौइरोबि र अर्को पसिना र रगत सुलभ मूल्यमा क्रय गरेर भनौँ रगत र पसिना चोरेर अर्थ र क्षमतामा काँचुली छोड्दै बसेका देशी र विदेशी, अल्पसंख्यक मानिसहरुको शहर नौइरोबि छ । यहाँ पनि पुनः सोही कुरा उम्रिन्छ, जो मानिसहरुको जीवनसँग त्यहाँ ज्वलन्त भएर खडा भएको आफ्नुत्व वा अस्तित्वको प्रश्न, विदेशी, उपनिवेशको अमानविक शासन र त्यसले सम्पूर्ण कालो मानिसलाई दासत्वको साङ्लीले बाँधेर अस्तित्वहीन बनाएको बाँचेर पनि मुर्दा बनेका, निर्धा, निमुखा, निरीह मानिसको जीवनको प्रश्न–अस्मिताको प्रश्न बौरिएर पुनः पुनः खडा हुन्छ । उपनिवेशीको अग्रासनले एउटा जाति, अनेकौ भाषा–संस्कृति, संस्कार प्रायः प्रायः निश्चििन्हको कगारमा पुगेको कालको आत्मकथा यसरी यसरी केवल केनियाई शहर नौइरिबिको मात्र होइन, समग्र अफ्रिकी देशहरुको शहर–गाउँ–बस्तीको कथा भएको छ । परिचयको हाहाकार समग्र अफ्रिकाको कथा हो जहाँ उपभोक्तावादी संस्कृतिले सारा अफ्रिकामा ग्रहण लाग्दैछ, जन्मिँदै छ नयाँ संस्कृति, भ्रष्टाचार, दूनीति, अमानवीय बहुराष्ट्रिय कम्पनीले छाएको बजार भएको अफ्रिका, यो कुन अफ्रिा हो ? प्रश्नपछि प्रश्न राख्दछ फेरि अफ्रिका यो अफ्रिकाको अगाडि आत्म–परिचय बोकेको अफ्रिका, आफ्नै संस्कृति, संस्कार, परम्परासँग बाँचेर विश्वसँग बन्धन भई बाँच्न चाहेको अफ्रिका, प्रायः निश्चिन्हताको कगारमा पुग्न आँटेको सरल–सिधा मानिसहरुको अफ्रिका÷अफ्रिका आफ्नु पुरानु आत्मकथा बोकेको अफ्रिका अब जेम्स हेड्ली चेज, ब्रुस ली, जेम्स बोन्डको वा जिम रिभसेको चरित्रलाई आत्मामा गाँसेको अफ्रिका जिउने चेष्टामा बग्दैछ । यहाँको कुनै शहर, गाउँ अनि त्यसको पुरानु, थोत्रे झुप्रोहरु नै देशको प्रतीक भएर खडा भएको छ– अफ्रिका छियाछिया भएर फाटेको छ, आफ्नु पुरानु सौन्दर्य हराएर कुरुप हुँदैछे । यो उत्तर उपनिवेशीक अफ्रिकी भूमिमा आफ्नु आत्म परिचय नै अब अरु उपनिवेशी जाति÷राष्ट्रके जङ्गली शासन, अमानवीय शासन अगाडि आपूm स्वयम् हराएर निश्चिन्ह हुँदैछ । लेखक त्यसैलाई खोज्न उठेका छन् आफ्ना पात्रहरुमा तिमा अभिनय र चिन्तनको राँको जलाएर खोज्दैछन्, कहाँ छ त्यो प्राक उपनिवेशी अफ्रिका जो उपनिवेश आउन अघि यहीँ थियो, उपनिवेशीहरु आएर गए, यो उत्तर उपनिवेशीकाल हो, हाम्रो अफ्रिका कहाँ हरायो ? कसले कहाँ लग्यो ? चोरेर–छिनेर ? प्रश्न उठ्दैछ, लेखक हृदयमा र लेखककै झैँ अफ्रिाकाको हृदयमा पनि आगो जल्दै छ । त्यो रापले जसिन्ता उचरिङ्ग, गातूइरिया उचङगारी, भुतुरी, एमउइरेरि जस्ता हजारौँ लाखौँ अफ्रिकाबासीहरुलाई भत्भती पोल्दैछ । यो पोलाई पनि प्रत्येक अफ्रिकीलाई एउटै रुपले छैन, उयङ्गरी र भुतुरीजस्तो शोषित मानिसहरुलाई सर्वाङ्गिक रुपको छ, मध्यवृत्त गातूइरियाको आफ्नै जातीय संस्कृतिको खोजीको निम्ति छ विदेशी शोषकको स्यालाभित्री हुन चाहने एमउइरेरिको आफ्नै छ, जसिन्ता झन् विदेशीहरुको उत्पीडन मात्र होइन आफ्नै सामाजिक परिवेशको पुरुष शासित समाजले पूरै डढेलो लागेझैँ छ । यसरी जलेको अफ्रिका लर्बरिँदै खडा हुन चाहन्छ आफ्नु अफ्रिकामा जहाँ उसको अस्तित्व नै उसको, नितान्तै उसको निम्ति, उसलाई होस् ऊ अपरताको शिकार भएको छ त्यसलाई रोक्न कटिबद्ध भएर मानवको बन्धन उपन्यासको खोजी हो ।
उत्तर उपनिवेशिक समाजमा पनि सम्पत्ति धन–अर्थ–क्षमतालाई पुजनीय स्थानमा सजाउने एमउइरेरि जस्ता विदेशी अर्थ र क्षमतासँग प्रतियोगितामा पुग्न नसकेर स्वदेशी पुँजीको पुजारी पनि छन् यो पुज्यवस्तु अर्थात् अर्थको निम्ति आमालाई पनि बन्धकी राख्न पछि नहट्ने उनीहरु जान्दछन् । उनीहरुको धुकधुकी यो जमीन हातबाट गैसकेको छ, जसले यो कटकाकीर्ण धरतीलाई स्वच्छ र उत्पादनशील बनायो त्यो जमीनको वास्तविक मालिकको हातबाट अर्को हातमा पुगिसकेको छ दखल भैसकेको छ, तिनीहरु त्यो माटोबाट उच्छेद भइसकेका छन् र अरु त्यहाँको मालिक भएका छन् । यस्तै दखल गर्न स्वदेशी पुँजीपतिको प्रतीक उमउइरेरिले पनि जान्दछ, ऊ त्यही खोज्दैछ, उसको अफ्रिकाको खोजी–आत्म परिचयको खोजी यहीँनेर आफैँ लुप्त बन्दछ । दुई वटा इलमोगे ऊ देख्दैछ र त्यो पनि आफ्नै आँगनमा बुर्कुसी मारेको उसको नजरबाट लुकेको छैन । यस्तो दुईवटा मानिसको अफ्रिका एनगुगीले खोलेर प्रस्तुत गरेका छन् । दुईवटा इलमोरग देखाएर लेखकले सोझा–सोझी श्रेणी विभक्त समाजको चित्रण गरेका छन् ।
एमउयारेरिले थाहा पाएको छ, त्यसताकका केही लुटेराहरु इलमोरगको नजिकै भेला भएर फुर्ती मनाउने छन् भन्ने खबर इग्ल्याण्ड, फ्रान्स, अमेरिका, जर्मन, इटाली, सुइडेन, जापानदेखि त्यो अतिपूmर्ति गर्ने लुटेराहरु त्यो सम्मेलनमा आएका छन् र कसरी जनतालाई लुट्ने देशमा चोरी, डकैतीलाई गर्ने सल्लाह हुँदैछ । यिनीहरुमा देश, धर्म, भाषा, गोत्र इत्यादि एउटै छैन तापनि उद्देश्य र लक्ष्य हुबहु एउटै छ । कसरी लुट्ने चोरी डकैती गर्ने र मुनाफा कमाउने त्यही ध्यान–धारणाले यो सम्मेलन चलिरहेछ । तिनीहरुमा विश्वास छ लुट्नु नै श्रेष्ठ कार्य हो । अन्तर्राष्ट्रिय जगतबाट अन्तर्राष्ट्रिय लुटेरा–डकैतहरु आएका छन् स्वदेशी चोर डकैतको आह्वानमा र तिनीहरु र विदेशी चोर, डकैत लुटेरा मिलेर कसरी जनता लुट्ने सल्लाह गर्नेछन् । विदेशीहरु आउनको अर्थ स्थानीय लुटेराहरुले नै विदेशी लुटेराहरुको सम्पत्ति–अर्थ यो देशमा रक्षा गर्ने गरेका छन् र नै विदेशी लुटेराहरु त्यसलाई बचाउनेहरुलाई सहयोग गर्न आएका हुन् । यी सब अन्तर्राष्ट्रिय गिरोहका चोर लुटेरा र डकैतहरु हुन् । उपनिवेशीकाल यी सबले यहाँ आपूmले चोरेको लुटेको अर्थ अझै सोझा कृषक–मजदुरको पसिना खुन चोर्न त्यो अर्थ यहीँ लगाएका थिए, त्यो नै अहिले कालो रङको स्वदेशी पुँजीपति बन्न चाहनेहरुले रक्षा गर्दैछन् र नै आज तिनीहरु यहाँ आउन बाध्य बनेका हुन्, आउनुको दुईवटा उद्देश्य पहिलो आफ्नो सम्पत्तिको रक्षण ठीक भएको छ, छैन, र दोस्रो स्वदेशी पुँजीपति हुनेहरुलाई भाइचारा जनाउनु र तिनकै मार्फत अफ्रिकामा परोक्ष क्षमता बचाई राख्नु हो । लेखक पात्र मार्फत देखाउँछन् वर्तमान युगमा जसले जति धेरै चोरी गर्छ, जति धेर लुट्छ छिनताई गर्छ भएन डकैत गर्ने जति ठूलो गिरोह त्यति नै ठूलो प्रगतिशील कहलाएको हुन्छ । इतिहासको पाताबाट वर्तमानलाई भविष्य यसरी नै जान्ने छ । यो कालको इतिहासमा भविष्यले यसरी पढ्ने छ, अब चोर, डकेत, लुटेरा हुनु विकसित हुनु, अपराध होइन, उन्नतिशील हुनु, देशभक्त हुनु, यसरी उपनिवेशी शासनले ल्याएको भोगवादी समाजले दिएको नयाँ अर्थको वर्तमान काललाई व्याख्या गरिँदैछ । सबै नैतिकता, आदर्श, सिद्धान्त मूल्यबोधको परिभाषामा पनि परिवर्तनको आहट सुनाइरहेछ यो भोगवादी समाजका अगुवा पश्चिमी सांस्कृतिका वाहकहरुले नयाँ सूर्य देखाइरहेका छन् तर समाजले जान्दैन त्यो सूर्यले उज्यालो दिन्छ या त डढाउँछ । यो प्रश्न उपन्यासमा देखा पर्दछ । एमउआईरेरिले विचार गर्छ जसले चोरी, डकैती गर्छ, लुट्छ त्यसले नै सारा दुनियाँमा शासन गरेको प्रमाण गर्छ, जति ठूलो चोर, डकैत गिरोह उति नै ठूलो शासक । अमेरिका र युरोपियनहरुले उपनिवेशको विस्तार वा साम्राज्यको विस्तारको मूलमा पनि यही चोरी गर्ने, लुट्ने, डकैती गर्ने कुरा नै भूलमा रहेको छ । तिनीहरु देश–देशमा गएर मातम्बरी गर्छन्, गुण्डागर्दी गर्ने गर्छन् । मानौँ यिनीहरुको यो सब गर्ने अधिकार छ । अर्थ (धन–सम्पत्ति) नै दुनियाँको चालिका शक्ति, यही अर्थको निम्ति चोरी, डकैती, लुट, जसरी भए पनि अर्थको प्रयोजन, यही अर्थ, कारणले पुँजीपति नै दुनयाँको असल मालिक भएको छ । यसैकारण पश्चिमी दुनियाँ र अमेरिकाले विश्वका देशहरु जसले आफ्नु सम्पत्ति रक्षा गर्छ, ती देशहरु माथि आक्रमण गर्छ र लुटपाट मचाउँछ । यसरी अफ्रिकाका मानिसहरुलाई बिक्री गरेर, दास बनाएर तिनीहरुको रगत र पसिनाको मूल्यमा नै पश्चिमी दुनियाँ र अमेरिकाको उन्नति, विकास र प्रगतिको स्मारक बनाएको हो । यो काम अफ्रिकाका पूर्व पुरुषहरुले अलिकति सुविधा र केही अर्थको निम्ति उनीहरुको हातमा आफ्नु मानिस र भविष्यका सन्तानसम्मलाई बिक्री गरिदिए । तिनीहरुकै वंशज अफ्रिकाका नीति वर्तमान शासकहरु, राजनीतिविद्हरु, पुँजीपतिहरु वर्तमानमा देशमा जनताको पसिना, रगत चोर्दैछन्, डकैती गर्दैछन्, लुट्दैछन् र आफ्नु खुनी अनुहार देखाउँदैछन् । दुनियाँको मूलमा चोरी, डकैती, लुटको कारण नै परिचमको संघर्ष, दुई बीचको द्वन्द्व प्रस्तुत भएको छ ।
चार जना परिचयको संकटमा जेलिएका, भोगेका मानिसहरु अन्तिममा चोर लुटेराहरुको समावेशमा पुगेर मात्र त्यसको वास्तविक कारण सम्पर्क जान्न सके । त्यो समावेशमा पुगेर तिनीहरुले चम्किला–हृष्टपुष्ट भएका सम्पत्तिका कुबेर पुँजीपतिहरुलाई देख्न पाए । उयाङगिरी एक जना स्वाधिनता संग्रामी, ऊ जस्तो सेनानीले चोरी–डकैती लुटेराहरुलाई अघिबाटै चिनिहाल्यो, उयाङगिरीको नजरमा पुँजीपतिहरु चोर–डकैत, लुटेरा भइहाले, कारण चोर डकैत, लुटेराहरुको समावेशमा चोर, डकैत, लुटेराहरु नै जान्छन्, यो साधारण कुरा नै हो उत्तर उपनिवेशी राजत्वमा चोरी, डकैत–लुटेराहरुको अर्थविद लिएको उसको मगजमा कुनै हालतले पनि पस्न सकेको छैन । लेखकले अझ यहाँ एक थप व्यङ्ग्य प्रस्तुत गर्छन्, एउटा बेकारी भएर काम पाउन नसकेको अन्तर वस्त्र चोर्ने सानो–तिनो चोरलाई मञ्चमा उठाईदिन्छन् ऊ पनि ऊ जस्तै चोरको समावेश सम्झेर त्यहीँ माथि सललल भाषण छाट्न थाल्छ । आयोजकहरुले उसलाई मञ्चबाट उतारिदिन्छन् । यहाँ कुनै क्रिमिनल छैन, यहाँ तिनीहरुले मात्र बोल्न पाउँछन् जो अन्तर्राष्ट्रिय स्तरका लाखैँ, करोडौँ, अरबौँ, खरबौँमा खेलने चोर डकैतहरु छन् । तिनीहरुलाई एकमुष्ठ बनाई राख्नका निम्ति यो समावेश हो, जसले गर्दा तिनीहरु एकसाथमा बसेर चोरी, डकैती, लुटपाट गर्न सकून् अनि साधारण मानिसहरुलाई धर्म, रङ्ग, जात, भाषा, संस्कृतिमा भाग गरेर कुनै हालतमा मालिक, जोतदार, जमिन्दारहरु विरुद्ध उत्रिन नसकुन यसकै लागि यो समावेश र आलोचना राखिएको हो । चिन्हारीको संकटले पोलेर पिल्सिएका मानिसहरु त्यसपछि सोझा–सोझी रुपले अर्थसँग परिवर्तित भएको यो अस्तित्वको संकटसँग मुखामुखी हुन थाले । त्यो चोर, लुटेरा, डकैतहरुको समावेशमा राजभोजझैँ खानापिनाको बन्दोबस्त, ह्वीस्की ब्राण्डी, रम, बियर, वाइनको खोला बग्न थाल्यो । त्यहाँ सयाञ्पेन बिर्कोको बोतलको खुलेर फोहरा छुट्न थाल्यो । बाह्य जगतका मानिसको अग्रासनले केवल खान–पिनमा मात्र होइन, जीवनको बाँकी क्षेत्रहरुमा पनि प्रभाव विस्तार हुन थाल्यो, त्यो बुझ्न सजिलै सकिने देखिन थाल्यो । चिन्हारीको संकटको शर्त भएर (चौर्यवृति) अघि देखा प¥यो । मान्छेको परिचय हराएर गयो, गाडी नभएको व्यक्ति अब मानिसमा गणना हुन छाड्यो । मान्छेको परिचय पुँजी, गाडी, नारी, भाषा–संस्कृति हुन थाल्यो । आफ्नो भाषा, संस्कृति छोडेर श्वेताङ्गहरुको भाषा–संस्कृति व्यक्तिको परिचयको संज्ञा हुन थाल्यो । त्यसपछि त्यो मञ्चमा बोलन गिततु, किहातु, एकदितिका आदि कृष्णाङ्गहरु उठे खेताङ्गहरु तिनीहरुको जीवनका साथी भए, पथ प्रदर्शक भए, यो सबलिएर नै गिततू, काहाहु एनदितिकाहरु जस्ताको जीवन चल्न थाल्यो । गिततूको एक जना पत्नी दुईवटी क्येप्ट, तिनको छोराछोरी सबे नामी–दामी स्कुल पढ्छन् त्यो स्कुलका सबै शिक्षकहरु खेताङ्ग छन्, तिनको एउटा छोरा विदेश पढ्न गएको छ । उसको कुलमोरग बाहेक पनि नाइरोबि, नाकूरु र मोमवासाया तीनवटा घर छ, वेश दामी–दामी गाडी छ, त्यो बाहेक ट्रकहरु र ट्याक्टर र अरु किसिमका गाडी, घोडा छन् । राम्रो खान्छ, मीठो खान्छ, नमीठो भन्ने ऊ छुँदै छुँदैन । किहाहुरको देशी नाम बाहेक अर्को विदेशी नाम पनि छ, त्यो लिएर उसलाई धेरै गर्व छ । उसको पहिलो पत्नी अंग्रेजी बोल्न जान्दिन, सम्पत्ति भए पछि अर्की पत्नी पनि ल्याएको छ, जो अंग्रेजी बोल्न र विभिन्न कक्टेल पार्टीमा जान सिद्धहस्त छ । उसका छोराछोरी सलल, मकै भुटेजस्तो अंग्रेजी बोल्छन् तर अफ्नु भाषा बोल्न भने प्राय नै सक्दैनन्, तिनीहरुले आफ्नु भाषा गिकूय बोल्दा अरुलाइ हसाउँछन् विदेशीले बोलेको गिकूयू भन्दा खराब बोल्छन् । अरुका पत्नी प्रति उसको धेर आसक्ति छ, विशेष गरेर अधवैशे स्त्रीहरुलाई खुबै मन पराउँछ, कारण तिनीहरुले कुनै भण्डामी गर्दैछन्, बाधा दिँदैनन् । लुगा फेरे भैmँ ऊ गाडी फेर्छ, रुपियाँ गन्नु, गलफ खेल्नु खुब मन पराउँछ । उसको पहिलो स्कुलमा व्यर्थ भएपछि अर्को स्कुल अंग्रेज शिक्षक र सब विषय अंग्रेजीमा मात्र पढाउने भनेपछि उसको स्कूल सफल भएको थियो । त्यो स्कुलमा जातीय, भाषा, गीत, नाम सबै निषिद गरेको थियो, यसमा ऊ धेरै सफल पनि भएको छ । किहाहुको जीवनको हिनमानसिकता र अर्काको भाषाप्रतिको मोहले ऊ धेरै सफल पनि भएको छ ।
एकदितीका पनि त्यस्तै विचारको मानिस हो । उसको पनि गाडी र नारी (स्त्री)हरुको संख्या धेरै थियो । कुनै एउटी संगिनीलाई भेट्न जाँदा कुने निर्दिष्ट गाडी प्रयोग गथ्र्यो, अर्कीको निम्ति अर्कै, धनी श्रेणीका नारीहरुले पढ्ने स्कुलमा तिनीहरु पढ्छन्, जहाँ घोडा चढ्न पनि सिकाइन्छ, उसका छोराछोरीले पनि घोडा चढ्न सिकेका छन् । यो स्कूलमा उपनिवेशी कालमा कालो रङ्ग भएका मानिसहरुलाई छेउमा जान पनि दिइँदैनथ्यो । एकहितिका छोराछोरीहरु पनि आफ्ना बाबा–आमालाई डेडी–ममी भनेर बोलाउँछन् । उसको सबै व्यापार–वाणिज्य सेतेहरुको माध्यमले चल्छ । आफैँ कुनै परिश्रम नगरी, जेन–तेन प्रकारले विभिन्न माध्यमको कौशलले परिश्रम नगरी, खुन–पसिना नसुकाई कसरी धन–सम्पत्ति भर्न सकिन्छ र सुखपूर्वक आराम गरेर मोजमस्तीको जीवनयापन गर्न सकिन्छ यही नै यी कालो रङ्ग भएका, काला पुँजीपतिहरुले सेताहरुबाट सिकेका छन् । उनीहरु कालो रङ्गका भए तापनि मन (हृदय) र मगजले उनीहरु पनि सेते युरोपियन जस्तै छन् । उनीहरुको रङ्ग कालै छ तर हृदय भने सेतेहरुसँग दाँजिन खोज्दछ, सम्पूर्ण रुपले आपूmलाई सेतेहरुको अगाडि समर्पण गरिसकेका छन् । स्वाधिनतापछि उनीहरुको (कालो पुँजीपतिको) चिन्हारी भनेको ठूला भव्य आरामदायक मोजमस्ती उडाउने स्थान होटलहरु, दामी–दामी गाडीहरु, नाइट क्लव, कक्टेल पार्टी, गल्फ खेल्ने मैदानहरु नै भएका छन् । यही कारणले आयोजकहरुले स्पष्ट रुपले घोषणा गरेका थिए गाडी छोडेर एक जना मानिसलाई पनि चिन्न सकिँदैन । गाडी नै एक जना मानिसको वास्तविक परिचय हो । उद्घोषकले भने “एक दिन हिँड्दै आएकोले गर्दा मैले मेरै स्त्रीलाई पनि चिन्न सकिनँ ।” गाडी छोडेर उद्घोषकले आफ्नै स्त्री चिन्न नसक्नुको अर्थ स्त्रीको चिन्हारीको शेष गाडीको नामबाट मात्र स्त्री चिनिनु भनेको त्यहाँ मानिस, नामक प्राणीको अस्तित्व शेष, गाडीले उसको स्थान दखल ग¥यो, गाडी छोडेर स्त्री स्त्री रहिन स्त्रीको अस्तित्व गाडीमाथि निर्भर रह्यो, गाडी उद्घोषकको स्त्रीको अस्तित्व, स्त्रीत्वको वैशाखी बन्न पुग्यो । चिन्हारीको खोजीमा निक्लेका चार जना मानिसहरुले प्रायः एकदिती किहाहुर जस्ताहरु जसको आत्म परिचय (चिन्हारी) सम्पूर्ण रुपले अर्काको परिचय भित्र सम्पूर्ण रुपले समर्पण भएको र तिनीहरु नै फेरि राष्ट्रनायक बनिएका तिनीहरुले देखे । उनीहरु जति गोरे÷सेतो हुने चेष्टा गर्छन् त्यति नै कालोहरुको जातीय चिन्हारीको सीमा घट्दै जाँदैछ । आफ्नु सेतात्मकको माध्यमले उनीहरु कालोत्मकको तयारी गर्न खोजिरहेछन् ।
उता भुतुरी (शोषित श्रेणीको प्रतिनिधि जस्तै) उयाङगरि (स्वाधिनता सेनानी प्रतिनिधि) तिनीहरु विचार गर्छन् आँखाको अगाडि चोर, डकैत, लुटेराहरुले चोरी गर्दैछन्, डकैती गर्दैछन्, लुटपाट चलाउँदैछन् र पनि आँखा चिम्लिएर देखेको नदेखे झैँ गरी बस्छन् तिनीहरु र ती चोर, डकैत, लुटेराहरु मध्ये कुनै फरक छैन । चुपचाप रहेर वा बसेर आत्मरक्षा गर्न सकिँदैन अमान्यको विरुद्ध स्वनिर्भर हुनुपर्छ, जागेर उठ्नुपर्छ । तिनीह भुतरी र उयाङगरि एक सूत्रमा बाँधिएछ, स्वाधिनता संग्रामी र श्रमिक नेता एक भए, स्वाधिनता संग्राम र श्रेणी संग्राम प्रायः एक अर्थको भयो । तिनीहरुले बुझे श्रेणी भिन्नता नहटुन्जेल वास्तविक स्वाधिनता प्राप्त हुन सक्दैन । गरीब मानिसहरु माथि क्षमता लाद्नुको निम्ति श्रेणीगत शासन–शोषण, अत्याचार अन्या चलिरहने छ । उयाङगरिले देखेको स्वाधिनताको सपना पूरा गर्नु हो भने भुतुरीले देखेको सपना श्रेणी संग्राम, त्यो सफल नहुञ्जेलसम्म पूरा हुनेछैन । त्यसर्थ श्रोी संग्राम नितान्त, अनिवार्य भएको छ । तब मात्र देशमा राजनैतिक अर्थनैतिक स्वाधिनता प्राप्त हुन्छ । राज्यलाई देखाई दिने इच्छा छ कि राज्यका वास्तविक चोर, डकैत, लुटेराहरु को हुन् ? तर पनि राज्यले उनीहरुको भूमिकालाई अस्वीकार गर्दछु, तिनीहरुले उनीहरुलाई चोर, डकैत, लुटेरा मान्दैन, मालिकहरुको प्रयोजन छैन भन्ने कुरा राष्ट्र मान्न चाहँदेन । उनीहरुले जसलाई चोर, डकैत, लुटेरा भनेका छन्, राष्ट्रले तिनीहरुलाई नै वीर, नायक भनेर मान्दछ । गरीब, निरीह, निर्धा, निमुखा शोषित जनताको आँखामा जो चोर, डकैत, लुटेरा हुन, क्षमतावालाहरु, शासकहरु तिनीहरुलाई राष्ट्रका वीर, नायक मान्दछ । क्षमतावालाहरुको कार्यको विषयमा प्रश्न उठाएकोले भुतुरी र उयाङगरीलाई उल्टा अभियुक्त बनाउँछ । दुई जनालाई पक्रेर जेलामा हाल्दछ । एमउइरेरिलाई हटाइदिन्छन् जो स्वदेशी पुँजीवादको झण्डा उठाउन खोज्दथ्यो उसलाई एमउयारुहरुले हत्या गरिदिए ।
भुतुरी, उयाङगरी जेल गएपछि गातुरिया र उयारिङ्गालाई बदलाई लिएर गए । गातुरिया र उयारिङ्गा बीच प्रेम भयो, यो प्रेमले गातुरिया जस्तो बुद्धिजीवीको निम्ति देशप्रेमको निम्ति प्रेरणा भयो । उयारिङ्गा नै उसको निम्ति आत्माको संगीत भएर रह्यो । ऊ एक जना कलाकार उसको जीवनमा एउटै जिनिसको कर्मी थियो, त्यो प्रेम हो, उयारिङ्गाको प्रेमले गातुरियालाई परिवर्तन गरिदियो, उसलाई सांस्कृतिक परिचयको लक्ष्यमा पुग्नका निम्ति जुन संगीतको उसले यतिदिन जुन सपना लालनपालन गरेर आएको थियो त्यसको उपयुक्त पथ पायो । त्यसको निम्ति उत्साह अबप्राप्त भयो अनि बुद्धिजीवी हुँदा उसको भित्र रहेको अन्तद्र्वन्द्व, आफै आफ बीचको विरोध पनि उसले अब स्पष्ट रुपले थाहा पायो । उसले आफैँलाई प्रश्न ग¥यो । हामी बुद्धिजीवी कुन पक्षको, चोर, डकैत, लुटेरा पक्ष की स्वाधिनतामी उयाङगरि शोषित भुतुरीको पक्षको हौ ? उत्पादकको पक्षको निम्ति वा परजीवी शोषक पक्षको ? श्रमिक–कृषक पक्ष को कि जसले शोषण गर्छ, त्यस्ताको पीडकको पक्षमा वा हायेनर जस्तो ? जो एकैसाथ दुई पथमा हिँड्ने धूर्त जस्तो ? उसको अगाडि यी आफ्नै प्रश्नले हलचल मचाइदियो जसले गर्दा उसले सटिक पथ श्रमिक कृषक, शोषित मानिसको पक्ष नै निर्णय गर्न सक्यो । उयारिङ्गा जान्दछे, नारी हिसाबले प्रेम मात्र पनि यथेष्ट होइन, यसैले ऊ पहिला नारी हिसाबले आर्थिक रुपले स्वनिर्भर भएर उठी । आफ्नु वास्तविक शक्ति विचार गरेर एवम् मानवता रुपले जनु सम्भावना लुकेको छ त्यसको विकास गर्नुपर्छ । नारी जातिको अर्थ नैतिक मुक्तिको पथबाट मात्र त्यो प्राप्त गर्न सकिन्छ त्यो उसले बुझेकी छ । उसले फेरि पढ्न शुरु गरी, जुडो–कराते सिकी, स्वरोजगारको काम गर्न थाली, उसले उपर्जिन गर्न थाली उसमा परिवर्तन आयो । ऊ उसको जीवनमा साहस अनि लक्ष्य भएको नारी रुपमा बदलेर खडा भई । तर प्रेम औ स्वनिर्भर हुँदा नै उसको भूमिमा शेष हुँदैन । भुतुरी जेल जानु अगाडि उसलाई एउटा राइफल दिएर गएको थियो, त्यसलाई उसले जतन गरेर राखेकी छ । यत्रो दिन उसको आत्मरक्षाको निम्ति कुनै प्रतिवादी अस्त्र थिएन अब ऊ निसस्त्र रहिन ? त्यसको प्रतीक यो बन्दूक भएको छ जसले कोही डरछेरुवालाई पनि योद्धामा यसले परिवर्तन गरिदिन्छ । यो अस्त्र नै उसको उत्तराधिकार भएर निक्लेको छ । ऊ एकतर्फ गातुरियालाई अविराम प्रेरणा दिन्छे, अर्कोतर्फ माउ–माउजस्तो विद्रोहको जस्तो लडाईमा भाग लिनेछु भनी तयार भइरहेकी छ । गातुरिया भन्दछ “केनियाको कुनै सांस्कृति गौरवमय इतिहास छैन, हाम्रो संगीत, नाटक, साहित्य, अर्थनीति, इत्यादि इत्यादि छैन, सबै पश्चिमी दुनियाँ देखी लिएको छ ।” उयाङगरि भन्दछे “तिम्रो संगीतले केनियामा सांस्कृतिक क्रान्ति ल्याउने छ । आपूmले आफैँलाई प्रश्न गर्छे, “हामीले भुलिसकेका छौँ, माउ–माउ युद्धमा केनियाका महिलाहरुले कसरी केनियाका पुरुषहरुसँग काँधमा काँध मिलाएर घना जङ्गल डर लाग्दो जङ्गलमा पसेर सेता अंग्रेजहरु विरुद्ध लडाइ गरेका थिए । पुरुषहरुलाई बन्दी गरेर, बन्दी क्याम्पमा पठाइयो त्यो बेला महिलाहरुले कति कष्ठ सहेर कहिल्यै नगरेको काम पनि गर्नुप¥यो, तर आज केनियाका महिलाहरुको काम भनेको पुरुषहरुलाई मनोरञ्जन दिनु छोडेर अरु काम छैन किन ?” नारीहरुले गर्ने अरु पनि धेरै काम छ, जो उसले आपूmले जीवनमा गरेर देखाइदिएकी छ, उसले प्रमाण गरेकी छ । गातुरियाको घरमा गएर उसले उसको बाबुको विषयमा जानी, त्यहाँ सेता–अंग्रेजहरुको धेरै कुराहरुको अनुकरण देखेर उसको मन झन् सख्त भएर आयो । उसले तीनवटा हत्या गरी जो एक प्रतीकको रुपमा देखिन थाल्यो । यो आक्रमण केवल पुरुषतान्त्रिक समाजको विरुद्ध मात्र होइन, यो श्रेणी संग्रामको एउटा अंश पनि भयो, अनि त्यो संग्रामको नेतृत्व हिसाबले एक जना नारी अघि बढेको पनि पाइयो । यसरी आपूmलाई सम्पूर्ण रुपले मानसिक दासत्व देखी मुक्त गरेर, आफ्नु नारीत्वलाई उनले प्रतिष्ठापित गरी अनि फेरि आफ्नु यथार्थ चिन्हारीको खोजीमा लागी ।
