प्रेम महिमा

इन्दु पन्त

ईर्ष्या, राग र द्वेषको भाषा जान्दैन प्रेम
लोभी, पापी लुच्चालाई साथी मान्दैन प्रेम
क्रोध र आक्रोशको उदण्डता रुचाउँदैन प्रेम
कुनै शङ्काको आधारमा बाँच्न सक्दैन प्रेम ।

प्रेम विश्वास र शान्तिमा जन्मन्छ
प्रेम भावना र कल्पनामा हुर्कन्छ
प्रेम त्याग र तपस्यामा माैलाउँछ
प्रेममा आनन्दको सुवास हुन्छ ।

प्रेम ईश्वरीय गुण हो, प्रेम सत्य हो
प्रेम आत्माको मिठो बोली हाे, प्रेम सत्मार्ग हो
बैगुणलाई होइन, प्रेम गुणलाई मात्र देख्छ
प्रेममय आँखामा संसार उज्यालो हुन्छ ।

जति नजिकियो उति बढ्छ घट्दैन प्रेम
यो रोगको औषधी विश्वभर नै छैन
आनन्ददायी यो रोगलाई उपचार चाहिँदैन
हृदयभित्र गढिरहन्छ, बाहिर पाइँदैन ।
००

Leave a Reply