गजल

  • सुनील पुरी

मन्दिरका मूर्तिहरू बसेका छन् चुपचाप
अनास्थाको खडेरीमा बलेको छ रापैराप

मान्छेलाई बिर्सिएर कल्पनामा डुबेका छौँ
ढुंगे धर्म पूजा गर्न गरेका छन् हानथाप

क्षितिजको आँगनबाट देख्छु टाढा ताराजून
सारा दूरी सकिएछ भयो गति नै सखाप

सत्य छैन अचेल यहाँ झुटो बोल्ने संसारमा
अधर्मलाई धर्म भन्दै गरेका छौँ पापैपाप

यस्तै रै’छ दुनियाँमा आफूलाई मात्र हेर्ने
आफ्नो मुद्दा आफै छिन्न गरौँ आफै सहीछाप ।
००

Leave a Reply