गजल

  • मन्जु सिलवाल त्रिपाठी

हेर म तयार छु, तिम्रै खराउ बन्न।

के तिमी तयार छौ ? कोमल पाउ बन्न ?

नि:सन्देह फरिस्ता, बनी आउनु तिमी,

चुँडिदैछन् कोपिला, यहाँ बचाऊ बन्न ।

गरिबीको बस्तीमा, जातीय विज्ञप्ति,

टाँसिन्छ परकाष्टाको,  जनाउ बन्न ।

हिजो न्यानो-मीठो, प्रेम बोकी आउने नै,

आएको हो आज, आँखाको तलाउ बन्न ।

पासो थाप्छ सिकारी,  निर्दोष सिकारको,

मुटुमाझ बसेको छ,  मुटुकै घाउ बन्न ।

Leave a Reply