पन्त स्मृति प्रतिष्ठानद्वारा विभिन्न सर्जकहरु पुरस्कृत

काठमाडौँ, असार १७ गते
२०५८ सालदेखि विभिन्न विधामा सम्मान गर्दै आएको पन्त स्मृति प्रतिष्ठानले २०८१ साउन २५ गते निम्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएकाे छ ।
१- रामराज पन्त स्मृति सम्मान पुरस्कार २०८० : उपन्यास विधामा ‘परशुराम’ उपन्यासका लेखक श्री किरण आचार्य । वर्ष २०८० मा प्रकाशित भई प्रतिष्ठानमा पेस भएका उपन्यास मध्येबाट सबैभन्दा राम्राे उपन्यास ।
२- गोपालराज पन्त स्मृति सम्मान पुरस्कार : हाँस्य विधामा लेखक श्री नरनाथ लुइँटेल, हाँस्यव्यङ्गय लेखन र हाँस्यव्यङ्गय पत्रिका सम्पादनमा विशेष योगदान गरेवापत ।
३- सदिच्छा बाल प्रतिभा पुरस्कार : नृत्यविधामा बालमन्दिरकी छात्रा सुश्री पूर्णिका सिंह, नृत्य विधामा विशेष विलक्षण क्षमता प्रस्तुत गरेकाले ।
४- सीताश्री सम्मान पुरस्कार : चित्रकला विधामा अन्तर क्याम्पस प्रतियोगिताबाट उत्कृष्ट चित्रकार श्री विनय हुमागाईं ।
५- बन्धु पन्त स्मृति सम्मान पुरस्कार : साहित्यिक पत्रकारिता विधामा ‘शारदा’ पत्रिकाका प्रधान सम्पादक श्री विमल भौकाजी, साहित्यिक पत्रकारितामा विशेष याेगदानका लागि ।
६- मैयावासु स्मृति सम्मान पुरस्कार : संस्कृति विधामा डाक्टर निर्मला पोखरेल, संस्कृति विषयकाे लेखन र अनुसन्धानमा याेगदानका लागि ।
७- टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार : समालोचना विधामा श्री युवराज मैनाली, समालोचनाका क्षेत्रमा योगदान पुर्याएकाले ।
८- आमा इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कार : अपांगता विधामा श्री सरिता अर्याल, फरक क्षमताको प्रतिभाहरुमध्येबाट उत्कृष्ट प्रतिभा प्रदर्शन गरे वापत । नेपालमा ‘अडियो बुक’ बनाउन सक्ने उहाँ मात्र एक जना दृष्टिविहीन आँखा देख्न नसक्ने युवा प्रतिभा हुनुहुन्छ ।
९- सुशीला पन्त स्मृति बाल साहित्य सम्मान पुरस्कार बाल साहित्य विधामा श्री सुशीला देउजा, नेपाली बालसाहित्यमा अत्यन्त पछि परेको बालनियात्रा लेखनमा तीनवटा उत्कृष्ट कृतिहरु प्रकाशन गरी विशेष योगदान गरे वापत । लेखक देउजा चर्चित बालनियात्राकृति ‘सम्पदा दर्शन’ का लेखक हुनुहुन्छ । उहाँका कृतिहरु स्तरीय साजसज्जा र आकर्षक छपाइमा मोटो गातामा प्रकाशित भएका छन् । यिनै कृतिहरुको लेखनमा विशेष योगदान पुर्याएकाले उहाँलाई यस पुरस्कारका लागि छनोट गरिएको हाे ।
सम्मानित हुनुहुने सबैमा हार्दिक बधाई छ । पुरस्कार साउन २५ गते रुसी केन्द्र, कमलपाेखरी, काठमाडाैँमा वितरण गरिने छ ।

इन्दु पन्त
अध्यक्ष
पन्त स्मृति प्रतिष्ठान