‘परशुराम’ वर्ष २०८० को उत्कृष्ट उपन्यास
काठमाडौँ, असार १७ गते
पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रकाशित भएकामध्ये उत्कृष्ट एक उपन्यासलाई प्रदान गरिँदै आइएको रामराज पन्त स्मृति पुरस्कार आख्यानकार किरण आचार्यद्वारा लिखित उपन्यास ‘परशुराम’ लाई प्रदान गरिने भएको छ । आगामी साउन २५ गते शुक्रवार रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक विशेष समारोहमा २५ हजार नगद सहित यो पुरस्कार प्रदान गरिने पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले जानकारी गराउनुभएको छ ।
स्तरीय उपन्यासलाई प्रदान गरिँदै आइएको यो पुरस्कार यसअघि कृष्ण धरावासी, अमर न्यौपाने, बुद्धिसागर, जानुका खतिवडा लगायत आख्यान विधाका स्थापित लेखकका उत्कृष्ट कृतिहरुले पाइसकेको छ ।
