विरक्ति

  • रासा

बाटै-बाटो हिँडेर 
घरको आँगनीमा आइपुगेको त्यो बाटो 
अब कता हिँड्छ,
थाहा भएन ।

सायद 
निस्केर यहाँबाट
मसानघाटतिर जान्छ 
र , निर्वस्त्र चिताछेउ पल्टिन्छ ।
धारण गरेर सम्पूर्ण 
कालै-काला वस्तुहरू अघोरी बाबाले जस्तै 
ध्यानस्थ हुन्छ ।

देखेर दु:स्वप्नमा
भोलेबाबा
ऊ बर्बराउँछ –
‘साला , यो संसारलाई नै निलिदिऊँ कि कसो !’

Leave a Reply