‘गाेर्खे’ विमर्श कार्यक्रम सम्पन्न
झिलझिले, झापाबाट प्राप्त समाचार,
शिव सताक्षी कला, साहित्य, प्रतिष्ठानकाे आयाेजनामा ग्रीष्म अविरलकाे उपन्यास कृति ‘गाेर्खे’ माथि परिचर्चा तथा विमर्श कार्यक्रम सम्पन्न भएकाे छ।
किराँत यायाेख्या, झिलझिलेकाे सभाहलमा आयाेजित कार्यक्रममा साहित्यकार धनकुटे कान्छा, सान्सेन पन्धाक, ज्याेति भट्टराई र कृतिकार ग्रीष्म अवीरलले कृतिगत विमर्शमा भाग लिएका थिए ।

सान्सेक पन्धाकले याे उपन्यासकाे मुख्य पात्र गाेर्खे नभएर गाेमा वा नारी पात्र भएकाे उल्लेख गरे। उनले भने, ” पुरुषवादी हैकम सहेर गाेमाले आदर्श चरित्र निर्वाह गरेकी छिन् । ”
मदन ल्हासा गएकाे थियाे । पछि भारतका विभिन्न ठाउँ आसाम, काेइलाखात पुग्याे । अहिले खाडी हुँदै विभिन्न मुलुकमा छरिन थालेकाे छ । याे उपन्यास भारतमा छ दशक बिताएकाे गाेर्खे पात्रकाे चरित्र र घटनाका परिवेशमा उपन्यासिकता बढेकाले समाजकाे वास्तविकतामा आधारित उपन्यास भएकाे कुरा साहित्यकार धनकुटे कान्छाले बताउनु भयाे ।
लेखक ग्रीष्म अवीरलले याे उपन्यास वास्तविक घटनामा आधारित रहेकाे बताउनु भयाे। कार्यक्रममा साहित्यकारहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
